83
Shares
काठमाडौं । काठमाडौँको गौशालास्थित होटलमा मृतक फेला परेकी सुस्मिता खड्काको हत्या आरोपी युवक पनि मृत फेला परेका छन् ।
सुस्मितालाई ढोका थुनेर फरार भएका युवक ओखलढुंगामा मृत फेला परेका हुन् । काठमाडौँको कागेश्वरीकी सुस्मिता होटलभित्रै मृत फेला परेकी थिइन् ।
उनीसँगै बसेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा शनिबार ओखलढुंगाको सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेका ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिएका छन् । युवती मृत फेला परेपछि प्रहरीले हत्याको आशंका गरेको थियो ।
देवबहादुर केही समय पहिले मात्रै जापानबाट नेपाल आएका थिए। उनी पुनः जापान जाने तयारीमा थिए । सुस्मिता पनि जापानिज भाषा पढिरहेकी थिइन् ।