तीन ठूला दलले सरकारको नेतृत्व गर्दा देश र जनतालाई केही दिन सकेनन्ः विप्लव

22 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको तीन ठूला दलले नेपालको नेतृत्व गर्दैगर्दा देश र जनतालाई केही दिन नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव विप्लवले तीन ठूला दलले के दिए भनेर प्रश्नबाहेक केही नदेखिएको बताएका छन् । उनले माओवादी केन्द्रले तीन पटक प्रधानमन्त्री हुदाँ पनि जनतालाई के दिन्छ भन्ने कुरा प्रश्न नै रहेको बताए ।

उनले भने, ‘नेपाली काङ्ग्रेस ६ सालदेखि देशको नेतृत्व गर्ने मौका पाएको छ र धेरैपटक प्रधानमन्त्री पनि भइसकेको छ । अहिले पनि नेपाली काङ्ग्रेस सरकारमा छ । तर काङ्ग्रेसले नेतृत्व गरेपछि नेपाली जनतालाई के दिन्छ भन्ने कुरामा स्पष्टता छैन । नेकपा एमालेको नेतृत्वमा सरकार छ तर एमालेले देशलाई के दियो र के दिने चाहना छ भनेर सोच्ने हो भने प्रश्न मात्र देखिन्छ । माओवादी केन्द्रले पनि एकताको कुराहरु गरिरहेकै छ तर तीन पटक प्रधानमन्त्री हुँदा पनि जनतालाई के दिन्छ भन्ने कुरा प्रश्न नै छ ।’

सम्बन्धित समाचार

सबै