गाजामा युद्धविराम सुरु

46 Shares

बीबीसी । हमासले पहिलो चरणमा रिहा गरिने तीन महिला बन्धकको नाम सार्वजनिक गरेपछि केही ढिलो गरी गाजामा युद्धविराम सुरु भएको छ ।

यसको बदलामा इजरायलले केही दर्जन प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने बताइएको छ । यसैबीच इजरायलका अतिदक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्रीसहित दुई अन्य मन्त्रीले गाजा युद्धविराम सम्झौताको विरोध गर्दै सरकारबाट राजीनामा दिएका छन् ।

हमासले रिहा गर्ने महिलाहरूको सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ ।

रिहा हुने बन्धकहरू डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेन भएको जनाइएको छ । यसैबीच हमास नेतृत्वको सिभिल डिफेन्स एजेन्सीले आइतबार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन् ।

उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार ६ जना गाजामा मारिएका थिए भने ३ जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै थप २५ जना घाइते भएका थिए ।

इजरायली प्रधानमन्त्रीले आइतबार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिएका थिए । इजरायली सेनाले युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो ।

सम्बन्धित समाचार

सबै