रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित

45 Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालतमा रुपन्देहीमा उपस्थित भएका छन् ।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उनी अदालतमा उपस्थित भएका हुन् ।

लामिछाने श्रीमती निकिता पौडेलसहित मंगलबार साँझ भैरहवा पुगेका थिए । अदालतमा उपस्थित भएका लामिछानेको सुरुमा बयान हुनेछ र त्यसपछि थुनछेक बहस हुने बताइएको छ ।

सम्बन्धित समाचार

सबै