लोकतान्त्रिक व्यवस्थामा देश संयन्त्रले चलाउन खोजिनु गलत होः शेखर कोइराला

40 Shares

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले अध्यादेशले शासन संचालन गर्न लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार नेपाल प्रेस युनियनले कोइराला निवासमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले संसद नराखी अध्यादेश ल्याउनु गलत भएको बताएका हुन् । उनले अध्यादेश राम्रा भएपनि संसद बोलाएर ल्याउनुपर्ने बताए ।

उनले भने,‘देशै नचल्ने अवस्थामा अध्यादेश ल्याउनुपर्ने हो । अहिले विषयबस्तु अनुसार ल्याइएका सबै अध्यादेश खराब छ भन्दिनँ । तर संसद बन्द गर्ने अनि अध्यादेश ल्याउने ?’

कोइरालाले अध्यादेशबाट मुलुक चलाउनु निरंकुशताको एक चरण भएको भएको बताए । त्यस्तै उनले लोकतान्त्रिक व्यवस्थामा देश संयन्त्रले चलाउन खोजिनु गलत हुने बताए ।

उनले भने, ‘लोकतान्त्रिक ब्यवस्थामा संयन्त्रले देश चलाउने होइन भन्ने बुझ्नु पर्यो । सरकारले चलाउने हो । संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्रीजी त्यो गलत हो ।’ उनले दुई दलीय गठबन्धन सरकार अहिले नै ढल्ने विषयमा सत्यता नभएको बताए ।

उनले भने, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गंभीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्ने हो । ६ महिनाको यो अवधि काममा धेरै त होइन । तर जसरी अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’

कोइरालाले दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने बताए । उनले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्ने बताए ।

उनले भने, ‘सबै दलको सहमतिमा संविधान संशोधन हुनुपर्छ । यो विषयमा सबै दल र जनतालाई पाच्य हुनेगरि काम गर्नुपर्छ । माओवादी, मधेसका दलसहित अन्य दलहरूसँग पनि सहमति गरेर अगाडि जानुपर्ने हुन्छ । संविधान यस्तो डकुमेन्ट हो ।’

सम्बन्धित समाचार

सबै