चिनियाँ सामानको आयातमा थप कर लगाउने ट्रम्पको तयारी

35 Shares

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउनेबारे आफूले सोचिरहेको बताएका छन् ।

आफ्नो प्रशासनमा त्यसबारेको छलफल ‘उनीहरूले मेक्सिको र क्यानडामा फेन्टनिल नामक औषधि पठाइरहेको तथ्यमा आधारित’ रहेको बताए । ट्रम्पले मेक्सिको र क्यानडामाथि २५ प्रतिशतले आयात कर लगाउने चेतावनी दिइरहँदा यस भनाइ आएको हो ।

ट्रम्पले आफ्ना ती छिमेकी देशहरूलाई कागजातविहीन आप्रवासी र औषधि आफ्नो देशमा आउन दिइरहेको आरोप लगाउँदै त्यसो भनेका हुन् । मङ्गलबार वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली सङ्घ ईयूलाईसमेत आयात शुल्क लगाउने वाचा गरे ।

मङ्गलबार  शपथग्रहण गरेलगत्तै नयाँ राष्ट्रपतिले सङ्घीय अधिकारीहरूलाई हाल कायम रहेका व्यापार सम्झौताहरूको समीक्षा गर्न र अमेरिकाका व्यापार साझेदारहरूबाट भएका अनुचित अभ्यास पहिचान गर्न निर्देशन दिएका छन् ।

चुनावी प्रचारप्रसारका बेला ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने वाचा गरेका थिए।

सम्बन्धित समाचार

सबै