समाचार
काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता काश्मिरमा भएको घातक आक्रमणको जवाफ दिन भारतीय सेनालाई ‘अपरेशनल फ्रिडम’ दिएको एक वरिष्ठ सरकारी स्रोतले मङ्गलबार एएफपीलाई जानकारी दिएको छ ।
स्रोतका अनुसार मोदीले सेना र सुरक्षा प्रमुखहरूलाई बन्द कोठामा भएको बैठकमा आतङ्कवादलाई ठूलो धक्का दिने भारतको राष्ट्रिय सङ्कल्प भएको बताउनुभएको थियो ।
मोदीले भन्नुभयो, “काश्मिरमा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको हाम्रो प्रतिक्रियाको अवस्था, लक्ष्य र समयबारे निर्णय गर्न सशस्त्र बललाई पूर्ण परिचालन स्वतन्त्रता छ ।”
प्रतिक्रिया