समाचार

रेशमलाई रिहा गर्न सर्वोच्चले पत्र पठाउँदै, यसअघिको पत्र विवादमा

NepalOne
१७ वैशाख २०८२ १६:२१

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउने भएको छ । फैसलाई नभई अदालत प्रशासनले फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि रेशम पक्राउ परेको खुलेपछि सर्वोच्चले रिहा गर्नका लागि अर्को पत्र पठाउने भएको हो ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएको पाइएको हो । यही पत्रका आधारमा प्रहरीले चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको हो ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले भने सर्वोच्चको आदेश कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरिएको स्पष्टीकरण दिएको छ । पक्राउलगत्तै उनलाई डिल्लीबजार कारागारमा बुझाइएको थियो ।


प्रतिक्रिया