समाचार

सरकार र शिक्षकबीचको वार्तामा सहमति

NepalOne
१७ वैशाख २०८२ २०:०२

काठमाडौं । शिक्षकका माग मन्त्रिपरिषद्ले सम्बोधन गर्ने सहमति भएको छ । बुधबार सरकार र शिक्षकबीच भएको वार्तामा यस्तो सहमति जुटेको हो । असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सहमति भएको बताइएको छ ।

मन्त्रिपरिषद बैठकपछि सहमति सार्वजनिक गर्ने तयारी छ । शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताए। सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले बताए।


प्रतिक्रिया