नेपाल हङकङसँग ७ विकेटले पराजित

खेलकुद

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । मंगलबार थाइल्यान्डको एआईटी ग्राउन्टमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो ।
हङकङकी शनजीन शाहजादले नटआउट १५ रन बनाइन् । नेपालकी कविता कुँवरले २ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर २९ रन बनाएको थियो । खेल वर्षाका कारण प्रभावित भएपछि ५ ओभरमा झारिएको हो ।
नेपालकी सम्झनाकुमारी खड्काले सबैभन्दा धेरै १० रन बनाइन् । हङकङकी मे वे सुले ३ विकेट लिइन् । महिला टी–२० विश्वकप एशिया छनोटमा ९ टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् ।
प्रतिक्रिया
ताजा अपडेट