समाचार

सांसद राईविरुद्ध ३७ लाख बिगो माग दाबी गर्दै मुद्दा दर्ता

NepalOne
३० वैशाख २०८२ १९:५०

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध ३७ लाख बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको छ ।

सहकारीको सहसचिवको रूपमा रहँदा रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मंगलबार मुद्दा दर्ता भएको हो । २

० जनाको जाहेरीको पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया