रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

NepalOne १ जेठ २०८२ १७:५५
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।

मिश्रलाई बन्दीप्रत्यक्षीकरणको सुनुवाइका निम्ति सर्वोच्चमा उपस्थित गराइएको हो । जिल्ला अदालतमा म्याद थपका लागि लैजाँदा उनलाई प्रहरीले सधैँ हत्कडी लगाइदिने गरेको थियो ।

सर्वोच्च लैजाँदा पनि महान्यायाधिवक्ताको कार्यालय पुग्दासम्म हतकडी लगाइएको थियो । सर्वोच्च परिसरमा भने हत्कडी खोलेर लगियो । सर्वोच्चमा रिटको पेसी शुक्रबारका लागि तोकिएको छ ।


प्रतिक्रिया