बाजुरामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

NepalOne १३ जेठ २०८२ १३:०३
प्रमुख खबर

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा मंगलबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।


प्रतिक्रिया