टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस ( फोटोफिचर )

NepalOne १५ जेठ २०८२ ११:४२
प्रमुख खबर

काठमाडौँ । १८औँ गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा समारोहमा आयोजना गरिएको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभाव सहभागी थिए । कार्यक्रममा गणतन्त्रको महत्त्व झल्कने विभिन्न झाँकी प्रदर्शनी गरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतबाट मार्चपास भएको थियो । त्यस्तै गणतन्त्र दिवस–अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि समेत गरिएको थियो ।

गणतन्त्र दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिर ः किरणराज बिष्ट / रासस


प्रतिक्रिया