राजावादीहरुको प्रदर्शन सुरु

राजनीति

काठमाडौं । राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी संघसंगठनले राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंका विभिन्न स्थानबाट प्रदर्शन सुरु गरेका छन् ।
रत्नपार्कको शान्तिवाटिकामा भेला हुनुअघि उनीहरुले चाबहिल, सामाखुशी, बानेश्वरलगायतका क्षेत्रबाट र्याली निकालेका हुन् । राजावादीले रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढ्ने संयुक्त जनआन्दोलन समितिले जनाएको छ । आन्दोलनमा सहभागीलाई छातासहित उपस्थित भएका छन् ।
राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना तथा संघीयता खारेजी नभएसम्म आन्दोलन जारी रहने राजावादी नेताहरूले दाबी गरेका छन् । स्थानीय प्रशासनले आज दुई बजेसम्म एमाले र दुई बजेपछि शान्तिबाटिकामा कार्यक्रम गर्न राप्रपालाई स्थान तोकिदिएको छ ।
प्रतिक्रिया
ताजा अपडेट