काठमाडौंमा यातायात व्यवसायीको प्रदर्शन

NepalOne १८ जेठ २०८२ १४:२९
प्रमुख खबर

काठमाडौं । सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । यातायातसम्बन्धि ७ बुँदे माग पुरा गराउन माग गर्दै प्रदर्शन गरेको हो ।

समितिले विदेशी एप्लिकेसनमार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुसी भाडा तोकी यात्रुहरुलाई सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ ।

यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि यातायात व्यवसायीहरु सडकमा आएको बताए ।

यस्ता छन् व्यवसायीका माग

१.बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न माग गर्दछौं ।

२.विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरुलाई सेवा दिईरहेको कार्य तत्काल बन्द गर्न माग गर्दछौं ।

३.बागमती प्रदेश सरकारले मिटर जडित ट्याक्सीको सट्टा भर्नामा लगाएको सिण्डिकेट खारेज गरि संघीय सरकारले तयार पारेको मापदण्ड यथासिघ्र लागुगरी सट्टा भर्नाको समस्या समाधान गर्न माग गर्दछौं।


प्रतिक्रिया