काठमाडौंका तीन स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाइने, अन्य क्षेत्र निषेधित

प्रमुख खबर

काठमाडौं । सरकारले सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आदेश जारी गर्दै निषेधित क्षेत्र थपिएको जानकारी दिएका हुन् ।
सूचनामा भनिएको छ, कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर बाहेकका स्थानमा बढीमा २ महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश गरिएको छ ।’
प्रतिक्रिया
ताजा अपडेट