उपत्यकामा सर्वसाधारणका लागि प्रहरीले चलायो निःशुल्क बस सेवा

प्रमुख खबर

काठमाडौं । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्कामा परेका छन् । सार्वजनिक यातायातका साधनहरु सञ्चालन नभएकाले नेपाल प्रहरीले सर्वसाधारणको सेवा सुविधालाई ध्यान दिँदै निःशुल्क बस सेवा संचालन गरेको छ ।
प्रहरीले नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुनः नक्साल घुम्नेछ ।
त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ ।
प्रतिक्रिया