एरिकालाई विमानस्थलमा भव्य स्वागत

NepalOne २० जेठ २०८२ १३:५४
खेलकुद

काठमाडौं । कराँतेमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छिन् । उनी मंगलबार बिहान स्वदेश फर्किएकी हुन् ।

एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । उनको स्वागतमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, प्रशिक्षक कुशल श्रेष्ठलगायत अन्य खेलाडीहरु विमानस्थल पुगेका थिए ।

आइतबार राति मोरक्कोको रवातमा सम्पन्न महिला ६८ केजी माथिको तौल समूह अन्तर्गत काँस्य पदकका लागि भएको खेलमा एरिकाले फ्रान्सकी पिए क्लेमेन्सलाई ६९२ ले पराजित गरेकी थिइन् ।


प्रतिक्रिया