संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने माओवादीको निर्णय

NepalOne २२ जेठ २०८२ ११:३४
प्रमुख खबर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने भएको छ । बिहीबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको हैसियतले संसदको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न अधिकतम जोड हुने उनले बताए । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने अडानमा भने आफूहरु कायमै रहेको बताए ।

यसका लागि सरकारले सत्तापक्ष र प्रतिपक्षी अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै माओवादीसहित प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । जसका कारण बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।


प्रतिक्रिया