भर्जिनियामा एकै परिवारका चार नेपाली मृत फेला

NepalOne २४ जेठ २०८२ ७:५२
प्रमुख खबर

भर्जिनिया । अमेरिकाको भर्जिनियामा चार नेपाली मृत फेला परेका छन् । मनासस पार्कमा बिहीबार राति एकै परिवारका चार जना मृत फेला परेका हुन् ।

म्यानासस पार्क प्रहरी विभागका अनुसार, राति करिब १०ः४० बजे लाने लेनको ९४०० ब्लकमा रहेको एउटा घरमा अचेत अवस्थामा मानिसहरू भेटिएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी घरभित्र पसेर तल्लो तलामा रहेको अपार्टमेन्टमा पुगेको र त्यहाँ दुई वयस्क र दुई बालबालिकाको शव भेटिएको जानकारी दिएको छ। चारै जनाको मृत्यु गोली लागेर भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको छ । मृतकहरुमा ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठको पहिचान गरेको छ। दुई बालबालिकामध्ये एउटाको उमेर २ वर्ष र अर्कीको ८ वर्ष भएको जनाइएको छ, तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया