गायक नारायण थापाले आफ्ना चर्चित गीतहरु मार्फत झुमाए दर्शक

NepalOne २४ जेठ २०८२ २०:२८
मनोरञ्जन

काठमाडौं २४ जेठ । जेठ १२ गते देखि २५ गतेसम्म नागार्जुन ६ डाँडापैवा सितापाईलामा संचालन भैरहेको कृषि सांस्कृतिक तथा ब्यापार महोत्सव २०८२ मा चर्चित गायक नारायण थापाले आफ्ना चर्चित गीतहरु मार्फत दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गरेकाछन।

प्रतिकुल मौसमका बाबजुद पनि उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको महोत्सवमा बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति पस्चात स्टेज चढेका गायक थापाले डबल पारेर, लेख्यामाया पाईएन,माया जालैमा, मायाले लगायत आधा दर्जन भन्दा बढि आफ्ना चर्चित गीतहरुमार्फत दर्शकहरुलाई भरपुर मनोरंजन गराएका थिए।

गायक थापासँगै दर्शकहरुले पनि साथमा गाएर साथदिंदा महोत्सवको माहोल उल्लासमय बनेकोथियो पछिल्लो समय मेला महोत्सवको पर्याय बनेका गायक थापा निकट भबिष्यमा बरपिपल, बनैमा फुल्ने जस्ता डान्सिंग गीतमार्फत दर्शक झुमाउने तरखरमा छन भने ति गीतहरुले दर्शकको मन जित्ने कुरामा पुर्ण आशाबादी छन्।


प्रतिक्रिया