नेशनल गार्ड परिचालन गरेकोमा क्यालिफोर्नियाका गभर्नरको आपत्ति


रोयटर्स । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति विरुद्धको तेस्रो दिनको प्रदर्शनलाई नियन्त्रणमा लिन क्यालिफोर्निया नेशनल गार्डका सैनिकहरू लस एन्जलसका सडकमा तैनाथ गरिएका छन् । तर क्यालिफोर्नियाका डेमोक्रेट गभर्नरले यस कदमलाई ‘अवैध’ भन्दै विरोध जनाएका छन् ।
संघीय भवनहरू वरपर गार्डहरू तैनाथ गरिएपछि प्रहरीले छुट्टाछुट्टै प्रदर्शनहरूमा भाग लिएका प्रदर्शनकारीहरूसँग झडप गरेको छ । यी प्रदर्शनहरू संघीय आप्रवासन छापा विरुद्ध आयोजना गरिएको थियो ।
लस एन्जलस प्रहरीले केही प्रदर्शनहरूलाई ‘अवैध भेला’ घोषणा गर्दै, केही प्रदर्शनकारीहरूले प्रहरीमाथि कंक्रिट, बोतल र अन्य वस्तु फ्यालेको आरोप लगाएको छ । आइतबार साँझ, एलएको डाउनटाउन क्षेत्रमा अल्फाबेटको स्वचालित सवारी कम्पनीका सेल्फ–ड्राइभिङ गाडीहरूमा आगजनी गरिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा केही प्रदर्शनकारीहरू ‘
तपाईंमाथि लाज लागोस्!’ भन्दै प्रहरीतर्फ नाराबाजी गरिरहेका देखिन्छन् । त्यस्तै, केही प्रदर्शनकारीहरूले लस एन्जलसको मुख्य यातायात मार्ग १०१ फ्रीवे समेत अवरुद्ध गरेका छन् ।