संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको निर्णय असार १८ मा सुनाउने

बिशेष

काठमाडौँ । संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निर्णय सुनाउने मिति सरेको छ ।
सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले निर्णय सुनाउने अर्को मिति असार १८ गते तोकिएको जानकारी दिए । बुधबार उक्त रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा पेसी चढेको थियो ।
अध्यादेशमार्फत संशोधित कानुनबमोजिम २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० पदाधिकारी नियुक्ति गरिएको विरुद्ध परेका १५ वटा रिटलाई सँगै सुनुवाइ गरेर संवैधानिक इजलासले निर्णय सुनाउन लागेको हो ।
प्रतिक्रिया
ताजा अपडेट