वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नहुने शेखर कोइरालाको चेतावनी


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नहुने चेतावनी दिएका छन् ।
बुधबार सामाजिक संजालमार्फत कोइरालाले सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा संचारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुन नसक्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन । अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा संचार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन ।’
पत्रकार दिलभूषण पाठकविरुद्ध प्रक्राउ पुर्जी जारी भएको प्रति सर्वत्र आलोचना भइरहेको बेला कोइरालाको यस्तो भनाई आएको हो । त्यस्तै नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन अदालतले दिएको आदेशप्रति पनि सर्वत्र आलोचना भइरहेको छ ।