बालेनविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी

NepalOne २९ जेठ २०८२ १३:४३
बिशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

युवराज सफलले अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबीसहित बिहीबार महानगरका मेयर बालेन साहविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । उनले मेयर साहले केही महिना अघि महानगरमा विना प्रतिस्पर्धा, विना टेण्डर र विना कोटेसन करिब एक करोड रुपैयाँ मूल्य बराबरको लिफ्ट जडान गरेको बताएका छन् ।

उजुरीमा भनिएको छ, ‘विशेषत सो लिफ्ट मेयर बालेन साहकै लागि जडान गरिएको पनि महानगरपालिका स्रोतले जनाएको छ । काठमाडौं महानगरपालिकाले नयां लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध हैन तर लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन २०६३ को दफा (११)बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा विना टेण्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएको प्रति मेरो आपत्ति हो ।’


प्रतिक्रिया