कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

NepalOne २९ जेठ २०८२ १५:१७
समाज

कैलाली । कैलालीमा चट्याङ लागेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

आज बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घट्नास्थलमै मृत्यु भएको हो ।


प्रतिक्रिया