एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु

विश्व

काठमाडौँ । भारतको अहमदाबाद भएको एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
बीबीसी हिन्दीकाअनुसार अहिलेसम्म २०४ जनाको शव प्राप्त भएको छ । अहमदाबादबाट लण्डनका लागि उड्नेबित्तिकै विमान दुर्घटनामा परेको थियो । साथै दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचारका जारी रहेको पनि प्रहरीले जनाएको छ ।
भारतीय समयअनुसार बिहीबार दिउँसो १ः३८ मा लण्डनका लागि उडेको विमान टेकअफलगत्तै दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।
विमानमा १६९ जना भारतीय, ५३ बेलायतका, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेका एयर इन्डियाले जनाएको छ । विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको बताइएको छ ।
प्रतिक्रिया
ताजा अपडेट