प्रतिफल आउने खालको सडक आयोजनाको अध्ययन मन्त्रालयले गरिरहेको छः मन्त्री दाहाल

NepalOne ३१ जेठ २०८२ १५:२६
राजनीति

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रतिफल पनि दिन सक्ने खालको आयोजनाको खोजी भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा ‘दोलालघाट–चर्नावती सुरुङ्ग मार्ग निर्माण’ विषयक अन्तरक्रियामा उनले प्रतिफल आउने खालको सडक आयोजनाको अध्ययन मन्त्रालयले गरिरहेको बताएका हुन् ।

उनले भने,‘आयोजनाहरु अगाडि बढाउँदा जनताको घनावस्ती भएको ठाउँ धेरै जनतालाई प्रभाव पार्ने ठाउँलाई प्राथमिकता दिन्छौं । यस्ता आयोजनाहरुको पनि खोजी गरिरहेको छौं । जुन आयोजनाले प्रतिफल पनि दिन सकोस्।’

त्यस्तै उनले दोलालघाट–चर्नावती सुरुङ्ग मार्ग निर्माणको विषयमा विभिन्न समस्या र चुनौतीहरु देखिएको भन्दै त्यसलाई पार गर्दै अगाडि बढ्नुपर्ने बताए ।

मन्त्री दाहालले अन्य विकासित देशहरुमा जनताको चासोले नै विकास सम्भव भएको भन्दै विकास निर्माणमा गहिरो चासो जनताले राख्यो भने देशछिटै अगाडि बढ्न सक्ने धारणा राखे ।


प्रतिक्रिया