उपराष्ट्रपति पुनले दिइन् क्रिसमस डेको शुभकामना – ‘विविधताबीचको एकता नै नेपालीको पहिचान’

38 Shares

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको उनले बताएका छन् ।

उनले यस्ता पर्वले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भातृत्व र सहिष्णुता कायम राख्दै सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको स्मरण गर्दै उपराष्ट्रपतिले यस्ता पर्वले समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

सबै