94
Shares

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले विभिन्न स्थानमा १० वटा उद्यान निर्माण गर्ने भएको छ । विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि उद्यान निर्माण गर्न लागिएको हो ।
प्राधिकरणका सूचना अधिकारी एवं इञ्जिनीयर सौरब ढकालका अनुसार प्राधिकरणले शङ्खरापुर नगरपालिकामा शाली नदी उद्यान, नागार्जुन नगरपालिकामा घटालबाबा मन्दिर उद्यान, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी र नवतनधाम उद्यान, कीर्तिपुर नगरपालिकामा चम्पादेवी उद्यान निर्माण गर्न लागिएको जनाएको छ ।
यसैगरी ललितपुर महानगरापालिकामा तीन उद्यान निर्माण गरिने भएको छ ।