प्रधानमन्त्री देउवालाई प्रचण्ड-माधवको प्रस्ताव : अब राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीनवटै पार्टीले बाँडौं

41 Shares

काठमाडौँ / नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये एक पद रोजेर लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री पदमा दाबी गर्न दिएको समय सकिनै लाग्दा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री देउवासमक्ष यस्तो प्रस्ता राखेका हुन् । बाँकी रहेका दुई पदमा माओवादी र नेकपा एसले भागवण्डा गर्ने नयाँ प्रस्ताव राखिएको हो ।

माओवादी र समाजवादीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीनवटै पार्टीले बाँडेर लिने र पहिलो रोजाइ कांग्रेसकै रहने प्रस्ताव गरेका हुन् ।

तर सभापति देउवाले भने यो प्रस्ताव नकारेका छन् । उनले पहिलो चरणमा प्रधानमन्त्री कांग्रेसकै हुनुपर्ने र राष्ट्रपति पनि छाड्न नसकिने बताएका छन् । बैठक जारी छ ।

सम्बन्धित समाचार

सबै