कांग्रेसको राष्ट्रपति र प्रधानमन्त्री दुवै राख्ने बटमलाइन बन्यो भने गठबन्धन टुंगिने माओवादीको निष्कर्ष

38 Shares

काठमाडों । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै आफैंले राख्ने भन्दै त्यसमा सहमति जुटाउन माओवादीसँग आग्रह गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नसकिने प्रस्ताव लिएर आइतबार कांग्रेसका एक नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न पुगेका थिए ।

तर कांग्रेसको उक्त प्रस्तावलाई माओवादीले ठाडै अस्वीकार गरेको छ । कांग्रेसको प्रस्ताव आफूहरूका लागि अस्वीकार्य रहेको बताएका माओवादी महासचिव देव गुरुङले बताएका छन् ।

‘कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै आफैंसँग राखेर सहमति खोजौं भन्ने प्रस्ताव फेरि पठाएको छ । कांग्रेसले आफ्नो निर्णयमा पुनर्विचार गरोस् भनेर कुराकानी गर्न प्रचण्ड बालुवाटार गएका थिए । कांग्रेसको त्यही बटमलाइन बन्यो भने गठबन्धन अगाडि नबढ्ने देव गुरुङले बतएका हुन् ।

सम्बन्धित समाचार

सबै