बालुवाटारबाट निस्केका प्रचण्ड बालकोट हिडे,अध्यक्ष ओलीसँग वार्ता हुने

काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट जानुभएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पावर शेयरिङमा कुरा नमिलेपछि  ‘प्रचण्ड’ बालकोट जानुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने जानकारी दिएर प्रचण्ड बालकोटतर्फ हिँड्नुभएको छ । केहीबेरमा दुईनेताबीच भेटघाट हुने कार्यक्रम तय भएको छ ।

माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि सत्तागठबन्धन भत्किने दिशामा अघि बढेको छ ।

सम्बन्धित समाचार

सबै