अध्यक्ष ‘प्रचण्ड’ पछि समाजवादी केन्द्रका नेताहरू पनि बाहिरिए बालुवाटारबाट

51 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि समाजवादी केन्द्रका नेताहरू माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटरबाट बाहिरिएका हुन् ।

सत्तारुढ गठबन्धनका नेताहरू सरकार गठनको विषयमा छलफल गर्न बालुवाटारमा भेला भएका थिए । सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्व पहिले कसले गर्ने विषयमा विवाद रहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले आफूले पहिलो पालीमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड त्यहाँबाट बाहिरिएका थिए । बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।

सम्बन्धित समाचार

सबै