चिसो पीडितहरुलाई दुर्गा प्रसाईको न्यानो सहयोग, सबैले गरे प्रशंसा

100 Shares

काठमाडौँ / मेडिकल व्यवसायी दुर्गा प्रसाईले झापाको कचनाकबलका गरिबहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।

लघुवित्तको पासोमा परी केही समय अघि एउटै रुखमा झुण्डिएका तीन चेलीसहित सयौँ घर परिवारलाई प्रसाईले सिरक तथा डसना बाँड्नु भएको हो ।

लघुवित्तको किस्ता तिर्न नसकेका तीन किशोरीहरूले एउटै रुखमा झुण्डिएर आत्महत्या गरे पछि प्रसाईले यस अघि ती परिवारलाई ६ महिनाको लागि खाद्यान्नसहित किरिया खर्च प्रदान गर्नुभएको थियो ।


लघु वित्तले किस्ता उठाउनका लागि गरिबका जग्गाहरू लिलाम गर्ने, त्यतिले मात्र नपुगेर घरका दराज टिभी लगायत सिरक डसना र टिनको छानासमेत नछोड्ने गरेका कारण नागरिकहरू झुण्डिएर मरेको भन्दै प्रसाईले देशलाई जोगाउन नागरिकहरूलाई ऋणको पासोबाट मुक्ता गर्नु पर्ने बताउनुभयो ।

आज सिरक डसना बाँड्दै प्रसाईले कचनाकबलमा तीन जना चेलीहरूले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको घटनाको कारण खोज्दा बैङ्क, लघुवित्त र सहकारीको चर्को ब्याज र किस्ता प्रमुख कारण रहेको थाहा पाएको बताउनुभयो ।

उहाँले गरिबहरूका घरको सिरक डसना, गाई बाख्राको पाठो, टिनको छानो र घरमा रहेको दराजसमेत बैङ्क लघुवित्तले लगेको सुन्दा आफ्नो मन कटक्क काटेको बताउनुभयो । उहाँले बैङ्क, सहकारी र वित्तीय संस्थाको चर्को ब्याज नघटाएसम्म नागरिकहरूले आत्महत्या वा विदेशमा शरणार्थी बन्नु पर्ने बाध्यता रहिरहने बताउनुभयो । उहाँले आफ्नो अभियान अन्तर्गत सयौँ घर परिवारलाई सिरक डसना वितरण गरिने बताउनुभयो ।May be an image of 6 people and outdoors

सम्बन्धित समाचार

सबै