काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एक साता अघि भएको सहमति तोड्दा गठबन्धन टुटेको बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न देउवा तयार नभएपछि गठबन्धन टुटेको हो ।
उनि भन्छन्, आजभन्दा ठीक एक साताअघि मेरो देउवाजीसँग पहिलो चरणको नेतृत्व मैले गर्ने, दोस्रो चरणको उनले गर्ने सहमति भएको थियो तर हिजो आएर उनले मलाई असाध्यै ठूलो दबाव दिनुभयो । पार्टीभित्र र साथीहरुलाई मनाउन सकिनँ । त्यसैले त्यो सहमति कार्यान्वयन गर्न सक्दिन भन्नभयो ।’
देउवा सहमतिमा नटिकेपछि नयाँ परिस्थिति बनेको उनले बताएका छन् । एमाले र माओवादीबीच प्रमुख पद बाँडफाँटबारे सैद्धान्तिक सहमति जुटेको छ । राष्ट्रपति एमालेले लिनेछ । प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको छ । यो सहमतिअनुसार सुरुमा प्रचण्ड प्रधानमन्त्री हुने भएकाले एमालेले सभामुख पनि लिनेछ ।