विश्विद्यालयमा महिलामाथि प्रतिबन्धः पुरुष विद्यार्थीले गरे कक्षा बहिस्कार

21 Shares

काबुल, ११ पुस-तालिबानले महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाएपछि, देशका पुरुष विद्यार्थीहरूले महिलाहरूको लागि उच्च शिक्षा निलम्बनको निन्दा गर्दै आफ्नो कक्षा बहिष्कार गरेका छन् । छात्राका लागि पनि खुला नभएसम्म कक्षामा उपस्थित हुन पुरुष विद्यार्थीले कडा विरोध गरेका छन् ।

‘हामी हाम्रो बहिष्कार जारी राख्नेछौं र यदि महिला कक्षाहरू पुनः खोलिएन भने, हामी हाम्रा पाठहरू पनि बहिष्कार गर्नेछौं र शिक्षालाई निरन्तरता दिनेछैनौं’, विद्यार्थी मुजामेलले भने ।
‘हाम्रा दिदीबहिनीका लागि विश्वविद्यालयहरू बन्द छन् । हामी पनि विश्वविद्यालय जान चाहँदैनौं’, अर्का विद्यार्थी नविदुल्लाहले भने ।

यसबाहेक, काबुल विश्वविद्यालयका धेरै लेक्चररहरूले पनि तालिबानलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आह्वान गरेका छन् । शैक्षिक संस्थानहरू बन्द गर्नु दुर्भाग्यपूर्ण भएको टोलो समाचारले जनाएको छ । ‘हामी इस्लामिक इमिरेट्सलाई हाम्रा दिदीबहिनीहरूका लागि विश्वविद्यालयहरू फेरि खोल्न आग्रह गर्छौं’ लेक्चरर तौफिकउल्लाहले भने ।

सम्बन्धित समाचार

सबै