59
Shares
काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका सवालमा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगर्दा आफू अपमानित महसुस गरेको बताए ।
सोमबार पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा बोल्दै उनले यस्तो बताए । उनले सभापति देउवाले सरकार निर्माणका बारे आफूहरू नबोलाएपछि अपमानित महसुस गरेर पोखरा आएको बताए ।
उनले भने,‘म पार्टीको निर्वाचित महामन्त्री हुँ । सांसद पनि हुँ । सभापतिले पार्टीभित्र छलफल गरेर गठबन्धनमा जवाफ दिन्छु भन्नुभएको थयो । तर उहाँको फोन कुरेर म बसिरहेँ । उहाँले सल्लाह नगरेपछि अपमानित महसुस गरेर पोखरा आएँ ।’
अहिलेको परिस्थिति सर्पवाला लुडोझैँ भएको थापाले बताए। ‘तलबाट भ¥याङ चढ्दै चढ्दै माथि पुगेको तर ९९ मा पुगेर फेरि तलझरेजस्तो परिस्थिति हो हिजोको राजनीतिक घटनाक्रम यही हो,’ थापाले भने।