60
Shares

काठमाडौं । जापानमा भारी हिमपातका कारण १७ जनाको मृत्यु छ । ठूलो क्षेत्रमा १० दिनयता परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ भने हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।
देशको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा हालैका दिनहरूमा लगातार भारी हिमपात भइरहेको छ भने सोमबारदेखि बाक्लो हिमपात कम हुने अनुमान गरिएको जापानी अधिकारीले सोमबार बताएका छन् ।
भारी हिमपातका कारण कारहरू सडकमा अड्किएपछि जापानको मौसमविज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ ।