प्रचण्डसँगै सात जना मन्त्रीले लिए शपथ

29 Shares

काठमाडौं, ११ पुस-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै सात जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उनीहरूले शपथ लिएका हुन् ।

विष्णु पौडेलले उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधार, रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रुपमा शपथ लिएका हुन् ।ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको शपथ लिएका छन् । तर उनीहरूको मन्त्रालय तोकिएको छैन ।

सम्बन्धित समाचार

सबै