सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य – उपप्रधानमन्त्री श्रेष्ठ

34 Shares

काठमाडौं – नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिने बताउका छन् । सोमबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पद बहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको उनको भनाई छ । उनले यसअघि भएका सबै सकारात्मक कामलाई आत्मसात् र त्यसलाई निरन्तरता दिँदै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको जनाउँदै उनले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम भनसनु र घूस नखुवाई हुने दिन ल्याइने प्रतिबद्धता व्यक्त गरे। “हामीले राजनीतिक परिवर्तन ग¥यौँ, जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ । राजनीतिक अधिकारलाई माध्यम बनाएर जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ । जनताले आफ्नो जीवन परिवर्तन भएको अनुभूति गराउन सक्नुपर्छ”, उनले भने ।

सम्बन्धित समाचार

सबै