मंगलबार बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

काठमाडौं । मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । सोमबार १ लाख ५ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु दुई सयले बढेर प्रतितोला रु एक १ लाख ७ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेकोे महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

सबै