कांग्रेसलाई सत्ताबाट सडकमा पुर्‍याउन सहयोगी बनेको महामन्त्रीद्वयमाथि आरोप

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा माथि पार्टी सभापति शेरबहादुर देउवालाई सत्ताच्युत गर्ने नाममा कांग्रेसलाई सत्ताबाट सडकमा पुर्‍याउन सहयोगी बनेको आरोप सभापति शेरबहादुर देउवापक्षकै नेताहरू लगाएका छन् । देउवापक्षकै नेताहरूबीच आरोप प्रत्यारोप चलिरहेका बेला संस्थापन पक्षले भने महामन्त्रीद्वयको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

कांग्रेसले सबै सांसदहरूलाई सरकार गठन नभएसम्म काठमाडौं उपत्यका नछाड्न एसएमएसमार्फत सूचित गरेको थियो । सांसद चन्दा चौधरीका अनुसार यो सन्देश सबैमा पठाइएको थियो र सबै सांसद काठमाडौंमा भएका बेला महामन्त्रीद्वय भने पोखरा लागेका थिए । कांग्रेस सांसदहरूलाई संसदीय दलको तर्फबाट पठाइएको एसएमएसमा भनिएको थियो, ‘माननीय सांसद, नयाँ सरकार गठन नभएसम्म काठमाडौं उपत्यका बाहिर नजानु हुन निर्देशनअनुसार जानकारी गरिन्छ ।’

देउवानिकट एक नेताले भने, ‘सत्ता गठबन्धन जोगाउन नसक्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवा मात्र होइनन् पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि उत्तिकै दोषी छन् महामन्त्री थापा पोखरा पुगेको केहीबेरमै प्रचण्ड प्रधानमन्त्री बन्ने टुंगो एमाले गठबन्धनबाट लागेको थियो । यद्यपि शर्मा र थापाले भने आफूहरूलाई कुनै पनि छलफलमा सहभागी नगराइएको बताएका छन् ।

सम्बन्धित समाचार

सबै