43
Shares
काठमाडौं । सरकारको प्रमुख कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेललाई नियुक्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले तयारी गरेका छन् । अहिलेसम्म महत्वपूर्ण अवसर नपाएका माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गरेका पोखरेललाई प्रधानमन्त्रीले महान्यायाधिवक्तामा नियुक्तिको तयारी गरेका हुन् ।
उनी सर्वोच्च अदालतको न्यायाधीशका दाबेदारसमेत थिए । स्रोतका अनुसार पोखरेल नियुक्त हुने निश्चित भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेपछि प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउनेछन् ।