59
Shares
काठमाडौँ / नवनियुक्त उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत व्यवसायीहरुलाई आज मन्त्रालयमा छलफलका लागी बोलाउनु भएको छ ।
अर्थमन्त्री बनेको भोलिपल्टै उहाँले ब्याजदर वृद्धिको विरोध गरिरहेका व्यवसायीसँग छलफलबाट समाधान निकाल्नेगरीे गृहकार्य थाल्नु भएको हो ।
उहाँले मन्त्रीको पदभार ग्रहण गर्दैगर्दा संकटपूर्ण अर्थतन्त्र सुधार्ने वाचा गर्नु भएको थियो । उहाँले वाचा पुरा गर्न ब्याजदर वृद्धिको विरोध गरिरहेका व्यवसायीसँग छलफल गर्न लाग्नु भएको हो