वीरगञ्ज महानगरपालिबाट मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ

पर्सा । मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका २६ ठेगाना भएका २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण रतनपुर ठेगाना भएका १९ वर्षीय शिवम पाण्डे र वीरगञ्ज महानगरपालिका २४ ठेगाना भएका २० वर्षीय आकाश तिवारी पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका ८ स्थित पार्किङ गरी राखेको धोबिनी गाउँपालिका-४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२-०३-००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी राम प्रवेशले चोरी गरी लाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उनीहरूले बिभिन्न मिति र स्थानबाट अन्य मोटरसाइकलहरू समेत चोरी गरेको खुल्न आएपछि उनीहरूले चोरी गरेको ना.५२ प ५०२४, ना।२७ प ७८४७, ना.११ प ११२१, ना.५३ प ७१०६, ना.३७ प ९८१८, ना.४६ प ८६२७ र प्र.०३(००८ प ७१८६ नम्बरको मोटरसाइकलहरू बरामद गरी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

सबै