बालुवाटार छाडेर धुम्बाराहीको नयाँ घरमा सर्ने शेरबहादुर देउवाको तयारी

6 Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार धुम्बाराहीमा नयाँ घर भेटिएसँगै आज र भोलिमा डेकोरेशन गरि बालुवाटार छाड्ने भएका हुन् ।

आकस्मिक रुपमा गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस प्रतिपक्षी बनेको छ । आइतबार एमालेसहितका सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटार छाड्नुपर्ने भएको हो ।

देउवाले बालुवाटार नछाडेकाले सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड आफ्नो निजी निवास खुमलटारमै रहेका छन् ।

सम्बन्धित समाचार

सबै