मन्त्रालयले गर्यो अब पोलियो विरुद्धको खोप १४ हप्तामा लगाइने गरि समय परिवर्तन

25 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको ‘एफआइपिभि’ खोप लगाउने समय परिवर्तन गरेको छ । एक वर्ष मुनिका बालबालिकाका लागि पहिले छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेकामा अव पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने गरि परिवर्तन गरेको हो ।

विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले बताएका छन् । यस्तै एक वर्ष उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्रमा बालबालिकाले पनि लगाउन सकिने उनले बताएका छन् ।

सम्बन्धित समाचार

सबै