बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यत २४ जना कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागेको छ । एमआरआई र सिटीस्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वरजिष्ट्रारदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरूलाई बयानका लागि पत्राचार गरेको छ ।
प्रतिष्ठानका सर्जन विभागका एकजना चिकित्सकका अनुसार तत्कालीन प्रतिष्ठानकी उपकुलपति प्रा।डा। संगीता भण्डारीको कार्यकालमा सिटीस्क्यान र एमआरआई खरिदमा भ्रष्टाचार भएको भन्दै लिखितरूपमा अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले पत्र काटेको हो । उनका अनुसार प्रतिष्ठानका पूर्वरजिस्ट्रार रामप्रसाद प्याकुरेल, पूर्रवकायम मुकायम रजिस्ट्रार कैलाशप्रसाद देव, पूर्वकामु रजिस्ट्रार एवं हालका डेपुटी रजिस्ट्रार झंकार लामिछाने, डिन डा। सागर पन्थीलाई अख्तियारले बयानका लागि पत्र पठाएको छ ।
उनीहरू सबैजसो मूल्यांकन र खरिद समितिको संयोजकसहित महत्वपूर्ण पदमा थिए । त्यस्तै अख्तियारले झंकारकी श्रीमती तत्कालीन नर्सिङ अधिकृत बिन्दु पौडेल, लेखा अधिकृतहरु राजीव बस्नेत, श्रीराम चौधरी, रेडियोलोजिष्ट डा। बम बिसी, लेखा अधिकृत छाया डिसी, अन्जु शर्मालाई पनि बयानका लागि पत्र काटेको छ ।